समाचार

‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना

By खबरहब

March 22, 2024

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम सवार कार दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान करीब ४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो ।

घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

दुर्घटनापछि घाइते ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । घाइते मध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन् ।