एउटा डरलाग्दो र भयावहको सिजनपछि अर्को त्यत्तिकै डरलाग्दो सिजनको सम्भावना रहेको क्यानडाका अधिकारीले चेतावनी दिएका छन्। क्यानडाका आपत्कालीन तयारी मन्त्री हरजित साजनले क्यानडामा यस वर्ष डढेलोको क्रम चाँडो नै सुरु हुने तथा लामो समयसम्म रहने सम्भावना व्यक्त गरेका हुन् । संसारकै कुल जङ्गलको ९ प्रतिशत हिस्सा बोकेको क्यानडामा मेदेखि अक्टोबरसम्म डढेलो लाग्ने गर्छ।
गत वर्ष क्यानडामा सबैभन्दा धेरै डढेलो लागेको थियो। इतिहासको सबैभन्दा खराब वर्षको रूपमा रहेको गतवर्ष जङ्गलमा ६ हजार आगलागीका घटना भए। जङ्गलमा लागेको आगोको रापकै कारण सयौँ क्यानडेलीले गत वर्ष घर छाडेका थिए।
गएको वर्ष अमेरिकामा पनि डढेलेको असर व्यापक बन्यो। डढेलोको धुवा र मुस्लोले अमेरिकामा प्रभाव पारेको थियो। जुनको मध्यमा उत्तरी तट तथा न्युयोर्क सहरको हावाको गुणस्तर अहिलेसम्मकै खराब बनेको थियो। गत वर्ष क्यानडामा तीन दशमलव १ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जनाइएको छ।
गत वर्षको अनुभावलाई हेरेर तथा केही मौसमविदलाई आधार मानेर यो वर्ष धेरै तयारी गरिएको छ। केन्द्रीय सरकारले स्थानीय सरकारसँग मिलेर धेरै काम गरिरहेको छ। दमकल कर्मचारीलाई विशेष प्रशिक्षण दिइएको छ। साथै अग्नि नियन्त्रण यन्त्रलाई समेत विशेष तयारी अवस्थामा राखिएको छ।
‘गृष्म ऋतु आउँदा यत्ति नै क्षति हुन्छ। अथवा यत्ति नै असर हुन्छ भन्ने कुनै कुराको ग्यारेन्टी छैन। तथापि जलवायु परिवर्तनका कारण हामी माझ धेरै ठुलो समस्या आइरहेको छ’, साजनले भने।
सरकारी अधिकारीले शून्य कार्बन उत्सर्जनको बाटो आवश्यक भएको बताएका छन्। परन्तु यसका लागि केही महत्त्वपूर्ण काम हुन सकेका छैनन्। यसै कारण क्यानडामा अझ धेरै जोखिम रहेको जनाइएको छ।
‘गम्भीर प्रकृतिको मौसम अहिले क्यानडामा सामान्य हुँदै गएको छ। जलवायु परिवर्तनले हाम्रो समुदायलाई असर गरिरहेको छ’, वातावरण र जलवायु परिवर्तन मन्त्री स्टेभन गुल बेयटले भनेका छन्।
‘गम्भीर प्रकृतिको मौसम अहिले क्यानडामा सामान्य हुँदै गएको छ। जलवायु परिवर्तनले हाम्रो समुदायलाई असर गरिरहेको छ’, वातावरण र जलवायु परिवर्तन मन्त्री स्टेभन गुल बेयटले भनेका छन्। यस्ता घटनाले क्यानडामा वर्षेनी लाखौँ डलर घाटा भइरहेको उनले बताए।
गुलबर्ट जलवायु परिवर्तनको सवालमा सबै जना एकजुट हुनुपर्ने कुरामा जोड दिन चाहन्छन्। उनले क्यानडाका बासिन्दालाई सुरक्षित राख्न अहिले नै सावधानी अपनाउनुपर्ने कुरामा जोड दिएका हुन्।
अप्रिलको अन्तिम सातामा आइपुग्दा डढेलोको सम्भावना नै पनि संसारका लागि चिन्ताको विषय हो। केही घना जङ्गल भएका देशले भने यो वर्षको सुरुवातदेखि नै सावधानी अपनाउन थालेका छन्।
इन्डोनेसियाको सुमात्राको सिमसार क्षेत्रमा फेब्रुअरी महिनामा यसको असर परेको थियो। त्यो समयदेखि यसबाट बच्नका लागि सावधानी अपनाउँदै आएको छ।
मालका स्ट्रिटको दुमइ खाडीमा एउटा बन्दरगाह छ। सोही बन्दरगाहको सेरोफेरोमा आवश्यक संकट टार्नका लागि विशेष समिति नै बनाइएको छ। समिति संयोजक जाको सुसीलो पनि यसबाट चिन्तित छन्। उनले डढेलो लागिसकेपछि यस क्षेत्रको पानीको प्रकोपबाट धेरै टाढा भएका कारण समस्या हुने बताएका छन्।
फेब्रुअरी र मार्चको एउटा साइकल टरेर गएको छ। अगस्ट महिनामा यो अझ व्यापक हुनसक्छ। अहिले पानी पर्ने सिजन हो। यो सकिएपछि फेरि एक पटक भयावह अवस्था त्यहाँ आउनसक्छ। २ मार्चमा त्यहाँ एउटा आँकडा तयार भएको पाइएको थियो। ८३ स्थानमा आगो बली रहेको थियो। ती मध्ये रिउमा मात्र ३४ स्थान थिए।
प्रशान्त महासागरको तातोको असर बढ्न थालेपछि यसले संसारलाई नै असर गर्ने निश्चित छ। यसको असर धेरै पर्ने स्थान मध्ये इन्डोनेसिया एउटा मुख्य हो।
एउटा जर्नलमा प्रकाशित रिपोर्टका अनुसार कलकातामा यस वर्षको जुनसम्ममा इतिहासकै सबै भन्दा गर्मी दिन आइसक्ने छ। २०२३/२४ को सिजनमा बङ्गालको उत्तरी खाडीको समुद्री सतहको तापक्रममा नै २ डिग्रीसम्म वृद्धि हुनेछ।
प्रशान्त महासगरको समुद्र सतह र त्यहाँको अवस्थाले संसारलाई प्रभावमा पारे जस्तै दक्षिण एसियामा सबै भन्दा प्रभाव पार्ने तथा मौसम परिवर्तनमा असर बङ्गालको खाडीमा हुने परिवर्तनले हो।
एउटा जर्नलमा प्रकाशित रिपोर्टका अनुसार कलकातामा यस वर्षको जुनसम्ममा इतिहासकै सबै भन्दा गर्मी दिन आइसक्ने छ। २०२३/२४ को सिजनमा बङ्गालको उत्तरी खाडीको समुद्री सतहको तापक्रममा नै २ डिग्रीसम्म वृद्धि हुनेछ।
यो वर्ष अर्को एउटा रिपोर्ट पनि बाहिर आइसकेको छ। सो रिपोर्टका अनुसार जुन महिनासम्म पुग्दा संसारका अधिक स्थानको तापक्रम इतिहासकै सबै भन्दा धेरै भइसकेको हुनसक्छ। बङ्गालको खाडी मात्र होइन, साउथ चाइना सी, अमेजन र अलास्काको सेरोफेरोमा यसको असर परिसकेको हुनसक्ने छ।
ओसीयानो क्षेत्रमा त अझ धेरै असर हुसक्ने चेतावनी सहितको रिपोर्ट प्रकाशित भएको छ। प्राध्यापक सुजाता हज्राका अनुसार बेमौसमी पानी तथा उच्च गर्मीको जोखिममा हामी रहेका कारण संसारका सबै देशले अहिले नै त्यसको बारे तयारी गर्नुको विकल्प छैन।
ओसीयानो क्षेत्रमा त अझ धेरै असर हुसक्ने चेतावनी सहितको रिपोर्ट प्रकाशित भएको छ। प्राध्यापक सुजाता हज्राका अनुसार बेमौसमी पानी तथा उच्च गर्मीको जोखिममा हामी रहेका कारण संसारका सबै देशले अहिले नै त्यसको बारे तयारी गर्नुको विकल्प छैन।
तातो हावा, हुरी बतास र डढेलोको असर संसारमा नै पर्ने रिपोर्ट सार्वजनिक भएको छ। यो गम्भीर समस्याबाट बच्नका लागि संसारका सबै देशका सरकारले अपनाउनुपर्ने कुरा पक्कै छन्। सन् २०१९ मा नै विश्व बैङ्कले एउटा रिपोर्ट तयार गरेको थियो। सो रिपोर्ट अनुसार संसारका सबै देशले जलवायु परिवर्तनबाट बच्नका लागि निश्चित रकम खर्च गर्नेपर्छ। अन्यथा यसले अन्य क्षेत्रमा पनि धेरै ठुलो र गम्भीर आर्थिक क्षति हुनसक्ने छ। गर्मी बढी रहेको समयमा जङ्गलमा नियमित रूपमा निगरानी बढाउने काम प्रत्येक सरकारको हो। बढी जोखिमपूर्ण स्थानको पहिचान गर्दै त्यस क्षेत्रलाई अझ बढी चनाखो हुने सुझाव पनि सोही रिपोर्टमा उल्लेख गरिएको छ। पेरिस सम्झौतालाई ध्यानमा राखी दीर्घकालीन रूपमा अघि बढ्नुपर्ने चुनौती संसारका हरेक सरकारसँग छ। स्रोतः सिबीएस न्युज, न्युज मोंगा, टाइम्स अफ इन्डिया र विश्व बैङ्क