समाचार

सेनाको सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविरमा

By खबरहब

April 22, 2024

काठमाडौँ– नेपाली सेनाको सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से तथा नुत्से हिमाल सफाइका लागि काठमाडौँबाट बैशाख २ गते काठमाडौँबाट स्याङ्बोचे प्रस्थान गरेको टोली आइतबार आधार शिविरमा पुगेको हो ।

टोलीले यसअघि हिमाल सफाइ कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी), मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय, बुद्धिजीवी तथा विभिन्न संघसंस्था प्रतिनिधिसँग समन्वयात्मक बैठक गरेको थियो ।

यस्तै उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविर जाने क्रममा पदमार्गमा भेटिएका फोहोर समेत संकलन गरेको छ ।

अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुत्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य रहेको जनाएको छ ।