समाचार

काभ्रे र रुकुममा आगलागीमा परेर २ जनाको मृत्यु

By खबरहब

April 22, 2024

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीमा परेर २ जनाले ज्यान गुमाएका छन् ।

आइतबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भत्नीगारेस्थित सामुदायिक वनमा लागेको घरमा सल्किँदा ७१ वर्षीया बुदी कामीको ज्यान गएको छ ।

उता काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वाइल्डिङ गर्ने क्रममा वाइल्डिङ मेसिनमा आगलागी हुँदा एकजनाले ज्यान गुमाएका छन् ।

आगोमा मकवानपुरको छतिवन गाउँपालिका-७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।