समाचार

सरकारलाई राप्रपाको व्यंग्य : आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान

By खबरहब

April 22, 2024

काठमाडौं– सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् ।

उनले भनेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आउँदै छन् ।

याे पनि… कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा