राजनीति

दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्र सकिएको थियो : ओली

By खबरहब

April 22, 2024

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डसँगै नेपालबाट राजतन्त्र सकिएको बताएका छन् ।

एमालेले हीरक जयन्तीको अवसरमा ललितपुरको गोदावरीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हु्न् ।

२००७ सालमा डोकामा दिल्लीबाट राजालाई बोकेर ल्याए जस्तै राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाहलाई गद्दीमा राखिएको पनि टिप्पणी गरे ।

‘दरबार हत्याकाण्डपछि २००७ सालपछि डोकामा बोकेर दिल्लीबाट ल्याए जस्तै २०५८ मा पनि कुशको राजा खडा गरियो’, उनले भने, ‘ती राजाले म मेरो दाइजस्तो होइन भनेर जनताका अधिकार खोसेर अँध्यारोतिर लैजान खोजे । २०५८ जेठ १९ गते वीरेन्द्रको वंशनाशसँगै राजतन्त्र सकिएको थियो । तर त्यसलाई औपचारिक रुपमा बिदाइ गर्न हामीले संघर्ष गर्नुपर्‍यो ।’