समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा

By खबरहब

April 22, 2024

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाइ पनि हेर्दा हेर्दैमा सकिएको हो ।

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट आजसहित ११औँ पटक हेर्दाहेर्दैमा परेको छ ।

तत्कालीन गृह सचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।