समाचार

नेपालका कम्युनिष्ट र कांग्रेसबीच केही फरक छैन : मोहन वैद्य

By खबरहब

April 22, 2024

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारीपार्टीबीच कुनै फरक नरहेको बताएका छन् ।

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा वैद्यले नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद हाबी भएको भन्दै उनीहरू कांग्रेस भन्दा फरक नरहेको बताए ।

नेपालमा बामपन्थी र कम्युनिष्टहरुको पक्षमा राम्रो जनमत रहेकाले कम्युनिष्ट भनिएका पार्टीहरूले त्यसको फाइदा उठाइरहेको उनले बताए। उनले अहिले नेपालमा सच्चा कम्युनिष्टकारीको धार कमजोर रहेको पनि बताए। वैद्यले प्रतिक्रियावादको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।

उनले अब सच्चा क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखे ।