समाचार

सत्ता र सरकारमा बस्नेको गलत व्यवहारले देश संकटमा पुग्यो : चित्रबहादुर केसी

By खबरहब

April 22, 2024

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन्।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भैसकेको बताए ।

सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

आधारभूत रूपमा कम्युनिष्टको सिद्धान्त र आचरणमा रहेकाहरूसँग एकताका लागि सधैँ एकताको ढोका खुल्ला रहेको अध्यक्ष केसीको भनाइ छ ।