अन्तर्राष्ट्रिय

भारतमा लोकसभाको पहिलो नतिजा : कांग्रेसको उम्मेदवारी खारेजपछि भाजपा उम्मेदवार निर्विरोध

By खबरहब

April 22, 2024

 

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ ।

गुजरातको सुरत लोकसभा सीटबाट सोमबार भाजपाका उम्मेदवार मुकेश दलाल निर्विरोध विजयी भएका हुन् ।

समाचार अनुसार यहाँ कांग्रेस उम्मेदवार निलेश कुम्भाणीको उम्मेदवारी रद्द गरिएको थियो । उनको उम्मेदवारीमा साक्षीको नाम र हस्ताक्षरमा गडबडी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य सबै निर्दलीय उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि भाजपा उम्मेदवारलाई निर्विरोध विजयी घोषित गरिएको छ ।

बीबीसीका अनुसार सुरतका कलेक्टर र निर्वाचन अधिकृतले भाजपा प्रत्यासी मुकेश दलाललाई निर्विरोध विजेता घोषित गरेका हुन् ।

गुजरात भाजपा प्रमुख सीआर पाटिलले सामाजिक सञ्जालमा मुकेश दलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिएका छन् ।