देश/प्रदेश

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

By खबरहब

May 22, 2024

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

हिजो न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वेशाख २५ गते मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २७ गते रिट दायर गरेका थिए ।

उक्त रिटमा वैशाख २८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सो रिटमा प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नसकिएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कूल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गरेका छन् ।

उनले रिटमा गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री, सभामुखलगायतलाई विपक्षी बनाएका छन् ।