देश/प्रदेश

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

By खबरहब

May 22, 2024

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुर उद्योग वाणिज्य संघ आन्दालोनमा उत्रने तयारीमा रहेको छ ।

आन्दोलनको तयारीका लागि संघको कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ । बैठकमा सिरोहिया पक्राउको विरोधमा के कस्ता आन्दोलनका कार्यक्रम गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा बसिरहेको बैठकमा वाणिज्य संघका पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति पदाधिकारी, पूर्वमेयर, व्यापारी, पत्रकारलगायतको उपस्थिति छ ।

बैठकपछि उद्योग वाणिज्य संघको अगुवाइमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।