ब्रेकिङ स्टोरी

सिरोहियाको रिहाइको माग गर्दै जनकपुर प्रहरी कार्यालय अगाडि धर्ना

By खबरहब

May 22, 2024

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरधाम उद्योग बाणिज्य संघलगायतका विभिन्न संघसंस्थाले जनकपुरमा प्रदर्शन गरेका छन् ।

वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनपछि जनकपुर उद्योग वाणिज्य संघ, नेपाली कांग्रेस, जसपा नेपाल, पेट्रोल व्यवसायी लगायतले जनकपुरको तिरहुतियागाछीमा रहेको प्रकरी कार्यालय अगाडि धर्ना दिएर सिरोहियाको रिहाइको माग गरेको छ ।

नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर अध्यक्ष सिरोहियालाई गएराति जनकपुर लगेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।