ब्रेकिङ स्टोरी

सिरोहियालाई बयानका लागि लगियो धनुषा अदालत

By खबरहब

May 22, 2024

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको छ ।

बुधबार कान्तिपुर पब्लिकेशनको कार्यायबाट पक्राउ परेका उनलाई गएराति नै जनकपुर लगेर धनुषा प्रहरीको हिरासतमा राखिएको थियो ।

पक्राउ गरेका सिरोहियालाई रिहाइको माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतले प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।