फाइल

समाचार

प्रधानमन्त्रीको जवाफ- सिरोहियासँग कुनै रिसइबी छैन, अदालती प्रक्रियाबाट सजिलै छुट्छन्

By खबरहब

May 22, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले अदालती प्रक्रिया हो, बढ्ता होहल्ला गर्न जरुरी नरहेको बताए ।

उनले भने- ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’