समाचार

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल

By खबरहब

May 22, 2024

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको धनुषा जिल्ला अदालतमा बयान भइरहँदा बाहिर भने प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि केहीबेर अघि धनुषा अदालतमा पेस गरेको छ ।

जनकपुर वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले सिरोहियाको रिहाइको माग गर्दै ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी सिरोहियालाई रिहा गर’ जस्ता नारा लगाएका छन् ।

प्रदर्शनमा उद्योगी, व्यवसायी, नेपाल तरुण दल, नेविसंघलगायत सहभागी छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

अदालत बाहिर प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।