राजनीति

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक जारी, के गर्ला निर्णय ?

By खबरहब

May 22, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल भइरहेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन् ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।