तस्बिर : एपी

अन्तर्राष्ट्रिय

क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै

By खबरहब

May 22, 2024

क्यानबेरा– बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने संघीय सरकारले पुष्टि गरेको छ ।

नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए। 

संघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मंगलबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । 

न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले स्वदेश फिर्ता लागि विदेश मामिला तथा व्यापार विभागमा दर्ता गरेका थिए । पहिलो उडानबाट करिब २०० भन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा रहेका छन् ।