समाचार

कांग्रेस नेतृ गौतम भन्छिन् – रबिले गम्भिर आरोप लगाए, अब राजीनामा दिउन्

By खबरहब

May 22, 2024

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले अब राजीनामा दिनुपर्ने बताएकी छन् । 

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त दलको बैठकपछि उनले यस्तो बताएकी छन् । 

उनले भनिन् ‘गृहमन्त्रीले कांग्रेसलाई अराजनीतिक र अराजक शैलीमा गम्भीर आरोप लगाएका छन् अब कांग्रेसको बटम लाइन भनेको उनले राजीनामा दिनुपर्छ ।’ 

गौतमका अनुसार बैठकले सहकारी प्रकरणबारे सडक आन्दोलन थाल्ने र कैलाश सिरोहिया पक्राउबारे गम्भिर आपत्ति जनाउने निर्णय गरेको छ ।