समाचार

आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई

By खबरहब

May 22, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।

सो घोषणालगत्तै कांग्रेसले भ्रातृसंगठन नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपा बोलाएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

शुक्रबारको आन्दोलनमा उपत्यकाबाट बढी भन्दा बढी सहभागिता जनाउनेबारे काठमाडौं र भक्तपुर र ललितपुरका पार्टी जिल्ला सभापतिहरु पनि बोलाइएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।

काठमाडौंका सभापति सबुज कृष्ण बानियाँ काम विशेषले उपस्थित नहुने बताइएको छ भने भक्तपुर सभापति दुर्लभ थापा र ललितपुर जितेन्द्र श्रेष्ठ सहभागी हुने छन् ।