समाचार

सिरोहिया तीन दिन हिरासतमा : श्रीमती, दुवै छोरा र बुहारी श्रृंखला पनि जनकपुरमा

By खबरहब

May 22, 2024

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले सिरोहियालाई नागरिकता कसुरसम्बन्धी मुद्दामा तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई स्थलमार्ग हुँदै सिन्धुलीबाट जनकपुरधाम लगिएको थियो ।

बुधबार अदालतमा उपस्थित गराइएका उनलाई जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले हिरासतमा राख्ने अनुमति दिएको हो ।

अदालतको उक्त आदेशसँगै अहिले सिरोहिया जिल्ला प्रहरी कार्यालयको परिसरमा छन् । उनी अहिले डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरिरहेका छन् ।

उनलाई भेट्न श्रीमती, छोरा सम्भव र भाइ अनुभव तथा बुहारी श्रृंखला पनि जनकपुर पुगेका छन् । त्यहाँ उनीहरूले कैलाश सिरोहियासँग डीएसपीको कार्यकक्षमा कुराकानी गरेका छन् ।