फोटो फिचर

हिरासततिर कैलाश सिरोहिया (तस्बिरहरू)

By खबरहब

May 22, 2024

जनकपुरधाम-  जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने भएका छन् ।

उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत गृहमै बस्ने भएका छन् । अदालतको आदेशपछि सिरोहियाले जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरे ।

त्यसपछि उनी छोरा सम्भव सिरोहियालाई अघि लगाएर हिरासत कक्षतिर लम्किए । हिरासत कक्षमा केही बेर रहेपछि उनी अहिले त्यहाँबाट निस्किएका छन् ।

नागरिकता कसुरमा पक्राउ परेका सिरोहियामाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखे अनुसन्धान गर्न पाएको छ ।