समाचार

कैलाश सिरोहिया पक्राउ प्रकरणमा बोले भीम रावल- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

By खबरहब

May 22, 2024

काठमाडौं– नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने? भन्दै प्रश्न गरेका हुन् । 

उनले भनेका छन्-  गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारवाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !