समाचार

स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै प्रेस युनियनको प्रदर्शन (तस्बिरहरु)

By खबरहब

May 22, 2024

काठमाडौं– स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै नेपाल प्रेस युनियनको बुधबार माइतीघरमा प्रदर्शन गरेको छ ।

मंगलबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा ठूलो संख्यामा हतियारधारी सशस्त्र प्रहरी प्रवेश गरी समूहका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने, सञ्चारकर्मीलाई दुःख दिने, सञ्चार गृहमा आतंक मच्चाउने र प्रतिशोधात्मक व्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन उपनायक र प्रतिष्ठान प्रदेशले विरोध प्रदर्शन गरेको हो ।

सिरोहियालाई पक्राउ गर्ने नाममा स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्न प्रतिशोधपूर्ण व्यवहार गरेको नेपाल प्रेस युनियनले जनाएको छ ।

तस्बिरमा हेर्नुहोस् : 

फोटो/नेपाल फोटो लाइब्रेरी