खेलकुद

एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडीको सहभागिता रहने

By खबरहब

May 22, 2024

काठमाडौं– नेपाल सोतोकान कराँते सङ्घले काठमाडौँमा बिहीबार देखि साेमबारसम्म ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

खेल पर्यटनको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आठ सयजना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ वटा कांस्य पदकको लागि खेलाडीबिच भिडन्त हुनेछ ।

बिज्ञप्तिमा हेर्नुहोस् :