फाइल फोटो

समाचार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण

By खबरहब

May 22, 2024

काठमाडौं–  राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आयोगले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको छानबिन निष्पक्ष गर्न समेत ध्यानाकर्षण गराएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकताको विषयलाई लिएर हिजो गिरफ्तार गरिएको र सो गिरफ्तारी कान्तिपुर ग्रुपका मिडियाहरुमा केही दिनदेखि निरन्तर प्रकाशित समाचारसँग जोडिएको भनी विभिन्न कोणबाट प्रकाशन तथा प्रसारण भइरहेका समाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।