देश/प्रदेश

रातो मच्छिन्द्रनाथ जात्रा : रथको टुप्पोबाट खसालियो नरिवल (तस्बिरहरू)

By खबरहब

May 22, 2024

काठमाडौं– नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज रथको टुप्पोबाट नरिवल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट रथ तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

यस रथबाट खसालिएको नरिवल शुभ हुने विश्वास छ । त्यसैले उक्त नरिवल टिप्नका धेरै मानिस तँछाड-मछाड गर्छन् । लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको ४ दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ ।

तस्बिरमा हेर्नुहोस् :