प्रतिकारात्मक तस्बिर

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा बर्ड फ्लुको पहिलो मानव केस फेला

By खबरहब

May 22, 2024

काठमाडौं– अस्ट्रेलियामा बर्ड फ्लु पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस फेला परेको छ । 

सो केस फेला परेपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ । 

 भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो ।     गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् ।

यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त केसको फैलावटको कुनै प्रमाण नभएको र थप मानव केसको सम्भावना धेरै कम रहेको बताएको छ । 

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनशिप मेरिडिथ नजिकैको अण्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त केस मानव केससँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ ।