अन्तर्राष्ट्रिय

पूर्वी अफ्रिकामा भारी वर्षा, १६ लाख मानिस प्रभावित

By खबरहब

May 22, 2024

नैरोबी – भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै चार लाख १० हजार तीन सय ५० मानिस विस्थापित भएको बताएको छ ।

यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारहरूलाई सहयोग गर्न जारी राख्ने र आवश्यकता मूल्याङ्कनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ ।”