फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा बर्डफ्लुको प्रकोप, झण्डै एक हजार पक्षी मारिए

By खबरहब

May 22, 2024

नयाँदिल्ली – पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका छन् ।

झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् ।

पशुपालन विभागका ¥यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले बताए ।

कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।