क्रिकेट

विश्वकपमा दुई आयोजकको लडाइँ : वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै अमेरिका

By खबरहब

June 22, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ मा अहिले अमेरिकाले वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दैछ । खराब मौसमका कारण केही ढिला भएको टस जितेर वेस्ट इन्डिजले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो । दुई आयोजकको यो प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ ।

विश्वकपको सुपर ८ को समूह २ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन् । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ । आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक खेलको रुपमा लिइएको छ ।