खेलकुद

कोपा अमेरिका : पेरु र चिलीले खेले बराबरी

By खबरहब

June 22, 2024

काठमाडौं- कोपा अमेरिका फुटबलमा पेरु र चिलीले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो बराबरीसँगै समूह ‘ए’ मा रहेका पेरु र चिली एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा छ । क्यानाडा भने अंकविहीन छ । क्यानाडा पहिलो खेलमै अर्जेन्टिनासँग पराजित भएको थियो ।

प्रतियोगिताको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहकबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

आगामी जुलाई १४ सम्म अमेरिकाका विभिन्न सहरहरूमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मियामीमा हुनेछ । अमेरिकाले दोस्रोपटक कोपा अमेरिकाको आयोजना गरेको हो ।

यसअघि सन् २०२१ मा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।