समाचार

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

By खबरहब

June 22, 2024

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

 कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे ।

 शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक अनावरण कार्यक्रममा प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने, म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन । 

उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए ।

 वर्षायाममा वर्षेनी डुबानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजना अन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।