मनोरञ्जन

करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

By खबरहब

June 22, 2024

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि करण परियारले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियाले उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे।

नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा निर्णायकको रुपमा थिए ।