समाचार

झरी छल्दै पशुपतिनाथमा ब्रतालु (तस्बिरहरू)

By खबरहब

July 22, 2024

काठमाडौं- साउनलाई भगवान् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनामा खास सोमबारलाई विशेष मानिन्छ ।

भगवान् शिवजीको बार भएकाले साउनको पहिलो सोमबार पशुपतिनाथ दर्शनका लागि ब्रतालु र श्रद्धालुको भीड लागेको छ ।

यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा र आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबार भक्तजनको भीड लाग्छ ।

यस वर्षको साउनको पहिलो सोमबार ब्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भए ।