समाचार

मोहना नदीमा अलपत्र परेकाहरूको सकुशल उद्धार

By खबरहब

July 22, 2024

कैलाली– मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

 उनीहरूको सशस्त्रको बीओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।