राजनीति

सत्तारुढ सांसदको आपत्ति- सरकार समावेशी भएन, नेतृत्व चुक्यो

By खबरहब

July 22, 2024

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसकै सांसदले केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबार जारी बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद मुक्ताकुमारी यादव ओली नेतृत्वको सरकार समावेशी नभएको भन्दै आपत्ति जनाएकी हुन् ।

‘२०१५ सालमा महामनव बिपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । अहिले यो सरकार समावेशी छैन,’ उनले भनिन्, ‘समावेशी बनाउनु चुक्नु भएको छ ।’

ओली नेतृत्वको सरकारमा २ जना मात्रै महिलाको प्रतिनिधित्व छ । त्यस्तै दलित समुदायबाट एकजना पनि समावेश नगरेको भन्दै ओली सरकारको आलोचना भइरहेको छ ।