राप्रपा सांसदले प्रधानमन्त्रीलाई सोधे- नेपाली भूमि कहिले फिर्ता आउँछ ?

By खबरहब

July 22, 2024

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो सोधेका हुन् ।

उनले भने, ‘नेपाली भूमि फिर्ता ल्याउने तिथि-मिति बताइदिनुहोला । हजुरबाट हामीले अपेक्षा गरेका छौँ । तपाईंले पहिला पनि धेरै आशा दिनुभएको थियो ।’

सांसद सिंह नक्कली भुटानी शरणार्थी प्रकरणबारेमा पनि प्रधानमन्त्रीको जवाफ मागेका छन् ।