सांकेतिक तस्बिर

समाचार

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा एकजना पक्राउ

By खबरहब

July 22, 2024

काठमाडौं– वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।