अन्तर्राष्ट्रिय

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

By खबरहब

July 22, 2024

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । भारतीय र मंगोलियन सेनाले संयुक्त रुपमा ‘नोमाडिक एलिफेन्ट २०२४’ सैन्य अभ्यास गरेका हुन् ।

यस वर्षको संयुक्त सैन्य अभ्यास भारतमा आयोजना गरिएको थियो । गत जुलाई ३ देखि शुरु भएको अभ्यासको उद्‌घाटन भारतका लागि मंगोलियाका राजदूत दम्बज्याभन गानबोल्द र भारतीय सेनाका मेजर जनरल प्रसन्न जोशीले गरेका थिए ।

अघिल्लो वर्षको सैन्य अभ्यास भने मंगोलियामा आयोजना गरिएको थियो । यस वर्षको सैन्य अभ्यासमा मंगोलियाका १ सय ५० र भारतका ४५ सैनिकको सहभागिता रहेको थियो ।

संयुक्त अभ्यासको समापनसँगै दुई मुलुकका सेनाबीच रक्षा सहकार्यलाई बढावा दिने विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।