फाइल तस्बिर

समाचार

तीन दिनभित्र फाइलको निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीको घोषणा

By खबरहब

August 22, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने बताए ।

ओलीले नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकरी दिएका छन् ।