आर्थिक

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 22, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य एकहजार सात सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एकलाख ५७ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।