समाचार

सुदूरपश्चिमको बजेट बहुमतले पारित

By खबरहब

September 22, 2024

धनगढी– सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाए पनि आइतबार भने बजेट बहुमतले पारित भएको हो ।

बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको छ ।