आर्थिक

११ अंकले बढ्यो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच

By खबरहब

September 22, 2024

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले बढेको छ ।

नेप्से ११.५८ अंकले बढ्दा कारोबार भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम भएको छ । आज नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दु पुग्यो आज दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै ३ हजार विन्दु पुगेपछिको सबैभन्दा कम कारोबार हो ।

आइतबार प्रि-ओपन सेसनमा साढे २४ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै उच्च अंकको वृद्धि भएको थियो ।

बजार खुलेको ५ मिनेट भित्र नै नेप्से उच्चतम २६४३ विन्दुमा पुगेको थियो । तर उच्च विन्दु केही बेर टिक्न सकेन । बजार खुलेको १२ मिनेटमै बजार तल झरेको थियो । त्यसपछि बजार निरन्तर ओरालो लागेर न्यूनतम २५७० विन्दु सम्म आएको थियो ।

बजार पटक पटक माथि उठ्न खोजेको बेला विक्रीकर्ता हाबी हुँदा बजार उकालो जान सकेको देखिएन । घटेको अन्तिम १० मिनेटमा बजारले युटर्न लियो ।

अन्तिम १० मिनेट बाँकी रहेका बेला बजारमा खरिदकर्ता हाबी हुँदा नेप्से ११ अंकले बढ्न पुग्यो ।

नेप्से बढ्दा १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर कारोबार भयो । जसमा १३८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य घट्यो । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज ३२५ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ९५७ पटक शेयर किनबेच भयो । आज ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

आइतबार १३ वटा समूहमध्ये ८ वटा समूहको शेयर मूल्य बढ्यो भने ५ समूहको भने घट्यो । आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.०१ प्रतिशतले बढेर १४७७.३३ विन्दुमा पुग्यो । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ०.६१ प्रतिशतले घटेर ३ हजार १९.६५ विन्दुमा पुग्यो ।

त्यस्तै विकास बैंक ०.६६ प्रतिशतले, हाइड्रोपावर ०.३१ प्रतिशतले, लगानी समूह ०.६१ प्रतिशतले, जीवन बीमा ०.२४ प्रतिशतले, निर्जीवन बीमा ०.४७ प्रतिशतले, अन्य समूह ०.४१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले बढ्यो ।

साथै, फाइनान्स समूह ०.१७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.१९ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.१० प्रतिशतले घट्यो ।