स्टोरी

प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू)

By खबरहब

September 22, 2024

काठमाडौं- मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्ने क्रममा उनका समर्थकले प्रहरीलाई अवरोध गरेका छन् ।

साइबर व्यूरोबाट अस्पताल लगेर जिल्ला अदालत ल्याउने क्रममा समर्थकहरूले अवरोध गरेपछि प्रहरीले धरपकड गरेको हो ।

अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । केही समर्थकलाई प्रहरीले हतकडी नै लगाएको छ ।