खेलकुद

एएफसी च्याम्पियन्स लिग : अल हिलालको तेस्रो जित

By खबरहब

October 22, 2024

काठमाडौं– साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युएईको क्लब अल ऐनलाई ५–४ गोलले हराउँदै अल हिलालले जित निकालेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक–एक गोल गरेका थिए । यस्तै, अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।

खेलको ८२औँ  मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो ।

यस खेलमा अल हिलालका नेइमारले एक वर्षपछि कमब्याक गरेका थिए । इन्जुरीका कारण एक वर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औँ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलाल ३ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको अल ऐनको एक अंक छ ।