आर्थिक

सुनको मूल्यमा दिनदिनै कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?

By खबरहब

October 22, 2024

काठमाडौं – सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।