समाचार

सवारीसाधन गुड्न मिल्ने गरी सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज

By खबरहब

October 22, 2024

रामेछाप– बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन् ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भए पनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्ण रुपमा टुटेको थियो ।