समाचार

कांग्रेस महामन्त्री थापा नयाँ दिल्ली जाँदै

By खबरहब

October 22, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली जाँदैछन् ।

नयाँ दिल्लीमा हुने ‘एशिया जलवायु सम्मेलन’मा सहभागी हुन उनी भारततिर जान लागेका हुन् । मंगलबारदेखि सुरु जलवायु सम्मेलन बिहीबारसम्म चल्ने छ । 

एशिया जलवायु सम्मेलनमा एशिया प्रशान्तका कार्बन बजारका व्यवसायी, विशेषज्ञ र सरकारहरूका प्रतिनिधि गरी ८ सयभन्दा बढीको सहभागिता छ ।