नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले)को आन्दोलन यात्रा औपचारिक रूपमा २०४६ साल भन्दा पछाडि निरन्तर चलिआएको छ । संसदभित्र अथवा आवधिक निर्वाचन श्रृङ्खलामा सधैँ आमनेसामने भएर लड्ने दुई वटा प्रमुख राजनीतिक शक्ति यसरी मिलेर सरकारमा जाँदा कम्तिमा पनि नागरिकमा उत्साह आउनुपर्ने थियो । जनतालाई सुशासन दिने पहिलो एजेण्डा बोकेर आएको दुई तिहाइको सरकार किन चक्रव्यूहमा फस्यो ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका प्रवर्तक केपी शर्मा ओलीकै नेतृत्वमा रहेको सरकार किन आलोचनामुक्त हुन सकेन ? अध्यक्षका ओलीविरुद्ध बोल्ने आँट एमालेजन किन गर्दैनन ? यी र यस्तै विषयमा जोडिएर एमालेका नेता विशाल भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
अघिल्लोपल्ट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जुन एउटा हुटहुटी र उत्साह देखिन्थ्यो नि अहिले त तपाईं नेताहरु आफैं निरीह, कार्यकर्ता तहका एमालेजनको नाडी छाम्ने हो भने सबै ओइलाएका छन् । किन यस्तो भएको होला ? सहर बजारको नजरले, सामाजिक सञ्जालबाट असाध्यै प्रभावित भएको जमात हेर्दा, विदेश बसेर यहाँको राजनीतिलाई दुष्प्रभावित गर्न खोज्नेको नजरबाट हेर्दा त्यस्तो देखिए पनि ग्रामीण भेगमा एमालेप्रति, राजनीतिक दलप्रति, लोकतन्त्रप्रति विश्वास छ, अटल आस्था छ, त्यो थोरै पनि डगमगाएको छैन ।
राजनीतिक दलले नै परिवर्तनको नेतृत्व गर्ने हो । लोकतन्त्र, गणतन्त्रले नै जनताको विकास र समृद्धिको यात्रामा सहयोग गर्ने हो भन्नेमा जनताको अटल विश्वास छ । एमालेप्रति आम मान्छेको विश्वास सुदृढ र सबल छ । त्यसमा कुनै समस्या देखिएकै छैन । यसको ठोस परिणाम त मङ्सिर १६ गते हुने निर्वाचनले देखिन्छ ।
एमालेप्रति आम मान्छेको विश्वास सुदृढ र सबल छ । त्यसमा कुनै समस्या देखिएकै छैन । यसको ठोस परिणाम त मङ्सिर १६ गते हुने निर्वाचनले देखिन्छ ।
जनताको विश्वास र उत्साह जगाउन देशको प्रशासननिक मुख्यालय सिंहदरबारले यस्तो यस्तो काम गरिरहेको छ भनेर देखाउनलायक विषय छन् ? सिंहदरबार वा राजनीतिक पार्टीका हेडक्वार्टरले वा अरु कुनै पनि गणतन्त्र, लोकतन्त्रका प्रतीकले केही गरेनन भन्ने भाष्य निर्माण गर्ने दुष्प्रयास त जारी नै छ । त्यो नेपालमा झन् ठूलो नकरात्मक खेती व्यापक भइरहेको छ । तर केही भएन भन्ने सन्दर्भबाट हेर्दा मुलुकले जनताको जीवनस्तर उकास्ने कुरामा अप्रत्याशित प्रगति हासिल गर्न नसके पनि केही भएन भन्ने हैन । केही सामाजिक सञ्जाल र विदेशमा भएकाले केही भएन भन्ने खालको मानक स्थापित गर्न खोजिराख्या छन् । अपेक्षा भएका कुरा भएनन् होला तर केही भएन भनेर खेती गर्नु हुँदैन । धेरै कुरा भएका छन् र अझै थप गर्नुपर्ने छ ।
केही सामाजिक सञ्जाल र विदेशमा भएकाले जुन जुन खालको एउटा भाष्य बनाउन खोजिराख्या छन् भन्नुभयो, लाखौं जनसंख्या विदेशमा नै छ । उसले किन विश्वास गर्न सकेन भनेर समीक्षा गर्नु पर्दैन ? सिङ्गो विदेशमा बस्ने नेपालीलाई एउटै डालोमा हालेर भन्न मिल्दैन । जो नेपालमा काम नपाएर विदेशी भूमिमा श्रम गरेर खान बाध्य हुनुहुन्छ । उहाँहरूको देशप्रति नकारात्मक धारणा छैन । भोलि यही ठाउँमा आएर बस्नुपर्छ, सेवा गर्नुपर्छ भन्ने भाव भएका नेपालीहरूले नकारात्मक भावना फैलाएको हामीले सुनेका छैनौं ।
एकले अर्कोलाई गाली गर्ने एउटा दृष्टिकोण भएकाले अर्कोलाई गर्ने कुरा त स्वाभाविक मान्नुपर्छ । तर विदेश बसेर एउटा खेतीपाती कस्तो गरिँदैछ भने बिल्कुलै नेपालप्रति माया नभएका, नेपाललाई माया मारेर हिँडेका, नागरिकता त्यागेर गएका र त्यहीँ रमाएकाले यहाँ केही हुँदैन भन्ने धारणा राख्दै आएका छन् । यो सबै यथार्थ हामीले बुझ्नुपर्छ ।
नेपालको माया हुने श्रमिक भएर बाहिर जानेहरूलाई रोजगारी दिन चाहिँ सक्नुपर्थ्यो । त्यो सकिएको छैन । किनकि पछिल्ला दिनमा देशको अर्थतन्त्र डुबेको छ। अघिल्ला सरकारले यस्तो अर्थतन्त्र बनाए । अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्र यति धेरै बिग्रेर गएको थिएन । त्यसलाई रिकभर गर्न केही समय लाग्छ । सुनकोसी मरिम डाइभर्सन तीब्र गतिमा बनिरहेको छ । पूर्व पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग त्यसरी नै बनिरहेको छ । हुलाकी सडक सम्पन्न हुने चरणमा छ । अरु ठूला ठूला लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल केपी ओली प्रधानमन्त्री हुँदा नै सुरु भएको र सम्पन्न पनि भयो ।
हिजो २५० वर्ष शासन गरेको राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनुपर्ने थियो । त्यसलाई फ्याल्ने बेला केही नकारात्मक कुरा आए होला । तर आज केपी ओली आफ्नो सम्पूर्ण सम्पत्ति मृत्युपछि राज्यको नाममा हस्तान्तरण गर्ने ट्रस्ट बनाएर समर्पित गरेको मान्छेलाई भ्रष्टाचार गरेको भनेर राजाको बेलासँग तुलना गर्न मिल्दैन ।
अन्तर्राष्ट्रिय उडान पनि प्रारम्भ भएको छ । पोखरालाई पनि सुरुवात गर्ने क्रममा सरकार अगाडि छ । अरु काममा पनि सरकार लागिरहेको छ । तर सोचेजस्तो आस गरेजस्तो नभएको मात्र हो । तर निराश भएर केही हुँदैन भन्ने प्रधानमन्त्रीलाई नक्कली कागजात बनाएर पैसा विदेशमा लगानी गरेको छ भन्ने खालका नकारात्मक भावना फैल्याउने र त्यसैमा पत्याउने जमात पनि छन् । यो नकारात्मक खेतीपातीले देश बन्दैन । राजाका बेला गरिएका कुरा हामीले पछि ट्रष्ट बनाएर त्यहाँ ल्याएका थियौँ । राजा ज्ञानेन्द्र शासन सत्तामा आइसकेपछि बेलायती महारानी, अमेरिकी राष्ट्रपतिभन्दा बढी आफैंले निर्णय गरेर तलब लिने गरेका थिए ।
हिजो २५० वर्ष शासन गरेको राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनुपर्ने थियो । त्यसलाई फ्याल्ने बेला केही नकारात्मक कुरा आए होला । तर आज केपी ओली आफ्नो सम्पूर्ण सम्पत्ति मृत्युपछि राज्यको नाममा हस्तान्तरण गर्ने ट्रस्ट बनाएर समर्पित गरेको मान्छेलाई भ्रष्टाचार गरेको भनेर राजाको बेलासँग तुलना गर्न मिल्दैन ।
दुर्गा प्रसाईंले त प्रधानमन्त्रीको नाम नै गलत हुनेगरी कागज बनाएका रहेछन् । केपी ओली त्यसै त प्रधानमन्त्री बन्नु भएको हैन होला । कसैले टिको लगाएर दिएको हैन होला । जनताले मत दिएर नै बन्नु भएको हो । त्यसैले यो सरकारलाई सहयोग गर्नुपर्ने दायित्व प्रत्येक नागरिकको हुन्छ । अराजकता र यो नकारात्मक सोचविरुद्ध हामी सडकमा जान्छौँ र जनमत निर्माण गर्छौं । एमाले केपी शर्मा ओलीको नेतृत्वमा एक ढिक्का छ ।
एमालेको ब्याडमा जे उम्रिए पनि यो त बनमारा हो भनेर उखेलेर फालिहाल्ने जस्तो प्रवृत्ति देखिने गरेको छ । भीम रावल यसका उदाहरण हुन् । मीनबहादुरको जग्गा प्रकरणमा पनि आखिर उही प्रवृत्ति दोहोरियो हैन ? भीम रावललाई पार्टीका सम्माननीय अध्यक्षले १० औँ महाधिवेशनको हलमा चितवन सौराहामा ‘तपाईं उपाध्यक्षमा बसिदिनुस् । तपाईंलाई उपाध्यक्षको रूपमा हामीले देख्न चाहेका छौं’ भन्दा १८ सय प्रतिनिधिले ताली पड्काएकै हो । उहाँ म कुनै हालतमा बस्दिन भन्नुभयो । एमाले जुन ठाउँमा उभिनुपर्ने हो, त्यहीँ उभिएको छ । बरु अरू छेउमा उभिने ठाउँ नभएर छटपटाएका हुन् ।
१० औँ महाधिवेशनपछि देखिएको १० भाइको सन्दर्भ ११ औँ महाधिवेशन मुखमा आउँदा पनि किन ताजा भइरहेको होला ? महाधिवेशन आउन दुई वर्ष बाँकी छ । महाधिवेशनले नेतृत्व छान्ने हो । अब बीचमा मिडियाले लेखेर यो आउने त्यो आउने भन्ने चर्चाको कुनै गुन्जायस नै छैन । त्यसमा जानु जरुरी पनि छैन । अहिले त हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यसपछि पनि एउटा कार्यकालका लागि उहाँ ठीक हुनुहुन्छ । स्वास्थ्यले साथ दिएको छ । फेरि हामी छान्छौँ । त्यसकारण यो विषयमा समस्या छैन ।
अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यसपछि पनि एउटा कार्यकालका लागि उहाँ ठीक हुनुहुन्छ । स्वास्थ्यले साथ दिएको छ । फेरि हामी छान्छौँ ।
अहिले केपी ओली केही निर्णय गर्दा पार्टीभित्र छलफलै नगर्ने सरकारभित्र पनि त्यति स्पष्ट ढंगबाट सहकार्यको परिस्थिति भएन कांग्रेससँग भनेर आइरहेको छ । त्यसको जस र अबजस कसले लिने हो ? संयुक्त सरकार हुनुको नाताले साझा जस अबजस सबैले लिनुपर्छ । कांग्रेसका सभापतिले पनि ओली सरकारलाई समर्थन गर्छौ भनेर घोषणा गर्नु भएको छ र ओलीले पनि अब २० महिनापछि नेतृत्व हस्तान्तरण गर्छु भनेर बोल्नु भएको छ । यसमा दुनियाँलाई चासो सरोकार हुनुपर्ने जरुरी नै छैन । हामी मिलेर ८४ को चुनावसम्म अगाडि बढ्छौँ । त्यो चुनावमा स्वच्छ र मर्यादित तरिकाले प्रतिस्पर्धा गर्छौँ । त्यसको अभ्यास यही मंसिर १६ मा हुँदैछ ।
८४ कै राप र तापले गर्दा धमाधम रवि लामिछाने, दुर्गा प्रसाईँ जस्तालाई लगेर सरकारले जाक्यो भनेर भन्छन् । अस्तिसम्म त्यही केटो राजनीतिमा आउन चाह्यो । मैले ल्याए भनेर बार्दलीमा लगेर उपप्रधानमन्त्री बनाउनुभयो । अहिले त्यसैलाई सरकारमा गएपछि सहरकारी ठग्यो भनेर थुन्नुभयो । नागरिकताको कुरा भोलि पास्पोर्टको कुरा अहिले हुन्डीको कुरा ८४ पनि घेराबन्दीमै गुज्रिने पो हो कि ? रवि लामिछानेले सही गरेको थियो भनेर त कसैले ठेक्का लिन सक्दैन नि । केपी ओलीले उपप्रधानमन्त्री मन्त्री वा सरकारमा जिम्मा दिँदा यही सहकारीको आयोग बनेको थियो । उहाँलाई दोषी देखाएको थियो। यी घटना सबै आएका थिए अनि हिजो र आजको एउटै परिस्थिति हुन्छ त्यसमा पत्रकार हुँदा किन मन्त्री नबनाएको भन्न मिल्दैन । मन्त्री भइसकेपछि उहाँका घटना बाहिर आए संसदले आयोग बनायो र त्यही आयोगले उहाँलाई दोषी देखायो । यसमा प्रश्न उठाउने जनताको सहकारीको पैसा तिर्दिँदा भइगो त ।
उहाँहरूले त्यो पार्टी छोड्छौँ, त्यहाँ बस्न सक्दैनौँ, कानूनी रूपमा सहजीकरण गरिदिनु प-यो भनेमा सरकारले कानून बनाउन सक्छ । समाजमा राम्रो छवि भएका र एमालेमा बसेर देशको सेवा गर्न चाहने मान्छेलाई हामी राख्छौँ ।
हामी तिर्छौँ सभापतिलाई छोडिदिनुहोस् भन्छन् त ? छोड्दिनु भन्ने मान्छेले चाहिँ त्यो सबै जनताको पैसा पनि तिर्नुप-यो र त्यसबापत भएको अपराधको चाहिँ उहाँहरू दण्डित हुन जेल बस्न तयार हुने हो भने छोड्न सकिएला । जनताले बाख्रा, कुखुरा बेचेर राखेको पैसा तिर्न कोही तयार छ भने छोडिदिऊ । दुर्गा प्रसाईँले नक्कली किर्ते कागज बनाएर सही चोरेर नामसहित अशुद्ध लेखेर जुन कागज बनाएका छन् । त्यही कागजको आधारमा प्रहरीले समातेको हैन भन्नेले त्यसको ठेक्का लिनु प-यो । यसमा राजनीतिक आग्रह पूर्वाग्रह हैन । रिस उठ्दैन थुन्ने हो भने त अरु पनि होलान् नि सरकारलाई बाधा पु-याउने त ।
माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई धुलो पिठो पार्ने राजनीति भयो भनेर दौडधुप पनि चल्यो क्यारे। अब के नेकपा एस र नेकपा एमालेको एउटा पङ्क्ति चाहिँ मिलेर सँगसँगै अगाडि बढ्न खोजिराख्या हो ? केही मान्छेहरू पार्टीमा बस्न सकिएन, पार्टी चल्दैन त्यो मन्त्री खान गएका हुन् । एमाले मूलधारको पार्टी हो। ठूलो पार्टी हो। एमालेमा लाग्नुपर्छ भनेर कसैले भन्न नपाउने भन्ने हुँदैन। उहाँहरूले त्यो पार्टी छोड्छौँ, त्यहाँ बस्न सक्दैनौँ, कानूनी रूपमा सहजीकरण गरिदिनु प-यो भनेमा सरकारले कानून बनाउन सक्छ । समाजमा राम्रो छवि भएका र एमालेमा बसेर देशको सेवा गर्न चाहने मान्छेलाई हामी राख्छौँ ।